शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुमन सायमिसहित नेताहरू नेकपा प्रवेश गर्ने

मंगलबार, पुष २९ २०८२

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्।

सायमिले बुधबार एक कार्यक्रममार्फत एकता हुने गरी नेकपा प्रवेश गर्न लागेको जानकारी दिए। उनीसँगै राष्ट्रिय मुक्ति पार्टीका केही नेता, सहकारी पीडितका प्रतिनिधि तथा नदी किनार मापदण्डविरुद्ध संघर्षरत नेताहरू पनि नेकपामा सहभागी हुने बताइएको छ।

“वैकल्पिक शक्ति भन्नेहरूले सदनलाई रंगमञ्च बनाउने तयारी गरिरहेका छन्। बिना त्याग र तपस्या प्रधानमन्त्री घोषणा गरी पद बाँडफाँट गर्ने प्रवृत्तिविरुद्ध हामी एकीकृत हुँदैछौँ,” सायमिले भने, “हामीले उठाउँदै आएका मुद्दा नेपाली कम्युनिस्ट पार्टीसँग मेल खाने भएकाले त्यतै जान लागेका हौँ।”

कालिमाटी क्षेत्रका स्थानीयबासी सायमि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचनमा उठ्ने तयारीमा रहेको पनि जनाइएको छ।