बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुन–चाँदीको मूल्यमा आज फेरि बढ्दै नयाँ रेकर्ड

मंगलबार, पुष २९ २०८२

काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। तीन दिनको अन्तरालमै दुवै धातुको मूल्य तीव्र रूपमा बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ।

गत आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन हिजो एकै दिन ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो। आज फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको हो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी हिजो ५ हजार १९५ रुपैयाँ पुगेको थियो भने आज ५ हजार ३४० रुपैयाँ कायम भएको छ।

व्यवसायीहरूका अनुसार अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस ८४ अमेरिकी डलरमा किनबेच भइरहेको छ।