काठमाडौँ । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
गए राति सम्पन्न निर्वाचनबाट प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी निर्वाचित भएका छन्। महासचिवमा भवनाथ हुमागाइँ विजयी भए ।
यसैगरी सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी तथा सह–कोषाध्यक्षमा गोविन्द खनाल निर्वाचित भए। सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना निर्वाचित भए।
निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना व्यक्त गरे। साधारणसभाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरेका थिए ।