बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाली प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक

शुक्रबार, पुष २५ २०८२

अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ।

माइकल चन्द ७७ वर्षका थिए र रेडियो नेपाल र गोथे ईन्टिच्युटमा काम गरेका थिए।

उनको अन्त्येष्टि शनिबार गरिनेछ, उनका तीन छोरीहरू अमेरिकामा छन्।

काठमाडौँ । प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ ।

आज बिहान चन्दको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

रेडियो नेपाल र जर्मनको गोथे ईन्टिच्युटमा लामो समय काम गरेको चन्द ७७ वर्षका थिए । चन्दका ३ छोरी रहेका छन् ।

उनीहरू सबै अमेरिका रहेका छन् । उनको अन्त्येष्टि शनिबार मात्र गरिने निरौलाले बताए ।