शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टी-२० विश्वकप खेलः बसिर अहमद र शेर मल्ल भित्रिए

मंगलबार, पुष २२ २०८२

काठमाडौं । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।

टोलीमा एनपीएल २०२५ मा शानदार प्रदर्शन गरेका खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् ।

शेर पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका हुन् । यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् ।

विश्वकप एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा परेनन् ।