शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वीरगन्जका मुख्य क्षेत्रहरूमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

सोमबार, पुष २१ २०८२

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगन्जका तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन्।

पूर्वमा बसपार्क क्षेत्र देखि पश्चिममा सिर्सिया पुल सम्म, उत्तरमा पावर हाउस चोक देखि दक्षिणमा शङ्कराचार्य गेट सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ।

प्रशासनले उक्त आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने समेत जानकारी गराएको छ।

पछिल्लो समय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यो कदम चालेको बुझिएको छ। सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न र प्रशासनको आदेश पालना गर्न आग्रह गरिएको छ।