शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

सोमबार, पुष २१ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाले उक्त घोषणा सभा दिउँसो १ बजे राष्ट्रियसभागृहमा हुने जानकारी दिनुभएको छ।

यसअघि यही पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग पार्टी एकताको सहमति गरेको थियो। सो सहमतिलाई औपचारिक रूपमा सार्वजनिक गर्न आजको घोषणा सभा आयोजना गर्न लागिएको हो।

घोषणा सभामार्फत रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता पनि रास्वपामा समाहित हुने जनाइएको छ।

रञ्जिता श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा गएपछि असन्तुष्ट बनेका नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता रास्वपामा प्रवेश गर्न लागेका हुन्।