सत्ता र उदयमान शक्तिको कथा
नेपाली राजनीति आज संक्रमणकालीन मोडमा उभिएको छ। लामो समयदेखि सत्ता सम्हाल्दै आएका पुराना दलहरू थकित देखिन्छन्, जनविश्वास कमजोर भएको छ, र त्यस खाली ठाउँमा नयाँ शक्ति र नयाँ अनुहारहरू उदाउँदैछन्।
यही परिवेशमा पाँच सय वर्षअघिका इटालियन चिन्तक निकोलो मेक्यावेलीका विचारहरू नेपाली राजनीतिमा असजिलो तर आवश्यक ऐना बनेर उभिएको छ। मेक्यावेली राजनीतिको आदर्शको होइन, यथार्थको कला हो । नेपाली राजनीतिमा यो यथार्थ आज झन् प्रष्ट देखिन थालेको छ।
आदर्शबाट सत्ता, सत्ताबाट विचलन
आदर्शबाट सत्ता, सत्ताबाट विचलन नेपाली कांग्रेस, एमाले र माओवादी—यी सबै दल कुनै न कुनै समय उच्च आदर्श बोकेर उदाएका थिए ! कांग्रेस लोकतन्त्रको प्रतीक थियो ! एमाले जनजीवन सुधारको आशा थियो ! माओवादी परिवर्तनको क्रान्तिकारी आवाज थियो तर मेक्यावेलीले भनेझैं, सत्ता प्राप्त गर्नु कठिन हुन्छ, तर जोगाउनु अझ कठिन।”
सत्ता जोगाउने नाममा यी दलहरू: गठबन्धनको अस्वाभाविक खेलमा फसे सिद्धान्तभन्दा पदलाई प्राथमिकता दिन थाले ! जनताको पीडा भन्दा सत्ता गणितमा सीमित भए मेक्यावेलीको भाषामा भन्नुपर्दा, यी दलहरू डर लाग्दा त बने, तर घृणित पनि बने, जुन कुनै पनि शासकका लागि घातक अवस्था हो।उदयमान शक्ति : जनआक्रोशको उत्पादन आज उदाएका नयाँ राजनीतिक शक्ति कुनै शून्यबाट आएका होइनन्। यी पुराना शक्तिको असफलताबाट जन्मिएका हुन्।
जनताको आक्रोश, निराशा र परिवर्तनको चाहनाले तिनलाई उचालेको छ। मेक्यावेली यहाँ सान्दर्भिक हुन्छन्, किनकि उनले चेतावनी दिएका थिए ! जनताको समर्थन बिना सत्ता टिक्दैन, तर केवल जनभावनामा टिकेको सत्ता पनि स्थायी हुँदैन। “नेपाली सन्दर्भमा,नयाँ शक्ति नैतिक भाषामा बलियो देखिन्छ तर रणनीतिक अनुभवमा कमजोर हुने खतरा छ यदि यी शक्तिले केवल “हामी फरक छौं” भन्ने नारा मात्र दोहोर्याए भने, मेक्यावेलीका शब्दमा, उनीहरू सत्ता पाउने तर शासन गर्न नसक्ने अवस्थामा पुग्न सक्छन्। वरपरका पात्र : अवसरवादको घेराबन्दी नेपाली राजनीतिमा एउटा साझा रोग छ—दरबारी संस्कृति।
नयाँ शक्ति उदाउँदै गर्दा पनि: चाकडी गर्ने सामाजिक सञ्जालमा अतिरञ्जित प्रशंसा गर्ने सत्तासँग नजिकिन मात्र खोज्ने यस्ता पात्रहरू वरिपरि देखिन थाल्छन्।मेक्यावेलीले यिनै पात्रहरूलाई सबैभन्दा खतरनाक मानेका थिए।उनका अनुसार, संकटमा काम नलाग्ने मित्र, शत्रुभन्दा खतरनाक हुन्छ।”आजका उदयमान शक्तिका लागि सबैभन्दा ठूलो चुनौती विपक्ष होइन, यिनै वरपरका अवसरवादी पात्रहरू हुन्—जो सत्ता बलियो हुँदा साथ दिन्छन्, कमजोर हुँदा दूरी बनाउँछन्।डर कि विश्वास? नेपाली राजनीतिक द्विविधा मेक्यावेलीको चर्चित बहस शासक डर लाग्दो हुनु राम्रो कि मायालु? उनको निष्कर्ष थियो: दुवै हुन सके उत्तम, नभए डर उपयोगी हुन्छ।नेपाली राजनीतिमा, पुराना दलले बल त सिर्जना गरे तर न्याय र भरोसा दिन सकेनन् नयाँ शक्तिका लागि चुनौती उल्टो छ: उनीहरू मायालु देखिन चाहन्छन् तर कडा निर्णय लिन हिच्किचाउँछन् भ्रष्टाचार, शक्ति दुरुपयोग र कानुनी अराजकताका विषयमा कठोर नहुँदा, नयाँ शक्ति पनि छिट्टै कमजोर देखिन सक्छ। मेक्यावेलीका अनुसार, कमजोर शासकलाई न त भर गरिन्छ, न त सम्मान।
आदर्श र यथार्थको सन्तुलन मेक्यावेलीलाई गलत अर्थमा “निर्दयी राजनीति” को प्रवक्ता बनाइयको थियो ! वास्तवमा उनले भनेको कुरा यति मात्र हो— आदर्शले दिशा दिनुपर्छ, यथार्थले बाटो निर्देस गर्नु पर्छ नेपाली राजनीतिमा केवल यथार्थ अपनाउँदा राजनीति दूषित भयो केवल आदर्श अपनाउँदा राजनीति कमजोर भयो यदि उदयमान शक्तिले: आदर्शलाई मूल्य र यथार्थलाई रणनीति बनायो भने, नेपाली राजनीतिमा साँच्चै नयाँ संस्कार बस्न सक्छ।
लेखकको दृष्टि : नयाँ स्वाद सम्भव छ?
नेपाली राजनीति अहिले स्वाद परिवर्तनको चरणमा छ। जनताले पुरानो स्वाद अस्वीकार गरिसकेका छन्, तर नयाँ स्वाद अझै पूर्ण रूपमा तयार भएको छैन। मेक्यावेली यहाँ मार्गदर्शक गुरु हुन सक्छ ! उनले सिकाउँछन्! सत्ता अपरिहार्य सत्य हो तर सत्ता बिना मूल्य खतरनाक हुन्छ!आजका उदयमान शक्ति र तिनका वरपरका पात्रहरूले यदि मेक्यावेलीको यथार्थ बुझेर नेपाली समाजको नैतिक अपेक्षा आत्मसात् गरेर अगाडि बढे भने त्यसले नेपाली राजनीतिलाई न त आदर्शहीन बनाउँछ,न त केवल नारामै सीमित, मेक्यावेलीको ऐनामा हेर्दा नेपाली राजनीति कुरूप मात्र होइन, संभावनाले भरिएको पनि देखिन्छ।
आजको उदयमान शक्ति इतिहासको चोकमा उभिएको छ। अब प्रश्न यो होइन “मेक्यावेली सही थिए कि गलत?” प्रश्न यो हो के नेपाली राजनीतिले मेक्यावेलीको यथार्थ बुझेर, तर उनको निर्दयता नदोहोर्याई, नयाँ बाटो निर्माण गर्न सक्छ? यदि सक्यो भने, नेपाली राजनीतिमा साँच्चै नयाँ स्वाद जन्मिनेछ जहाँ सत्ता हुन्छ, तर अहंकार हुँदैन; रणनीति हुन्छ, तर विश्वासघात हुँदैन; र राजनीति हुन्छ, तर निराशा होइन।
(लेखक सुमार्गी – सामाजिक विश्लेषक तथा समावेशी विकास अभियन्ता हुन् ।