बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा बंगलादेशमा तीन दिने राजकीय शोक

बिहिबार, पुष १७ २०८२

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा बुधबारदेखि शुक्रबारसम्म तीन दिने राजकीय शोकको घोषणा गरेको छ।

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी( की अध्यक्ष समेत रहेकी ८० वर्षीया जियाको मंगलबार बिहान ढाकामा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि मुटु र फोक्सो सम्बन्धी स्वास्थ्य समस्याबाट पीडित थिइन् ।

जियाले सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा शपथ लएिको र सन् २००१ मा पुनः प्रधानमन्त्री निर्वाचित भएकी थिइन्।

भ्रष्टाचारको अभियोगमा सन् २०१८ मा उनी कारागार चलान भएकी थिइन् भने सन् २०२४ अगस्टमा राष्ट्रपतिको कार्यालयले उनलाई रिहा गरेको थियो।