झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निर्वाचनअघि नै राजा, राजनीतिक दल, नवयुवा पुस्ता र अन्य सरोकारवालासँग नयाँ समझदारी कायम गर्न आह्वान गरेका छन्।
झापामो आयोजित एक कार्यक्रममा उनले अहिलेको व्यवस्थाले देशलाई अघि बढ्न असमर्थ भएको भन्दै चेतावनी दएि। उनले भने, “अहिलेकै व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठूलो द्वन्द्व निम्त्याउन सक्छ। देश गम्भीर दुर्घटनाको डिलमा पुगेको छ। यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता, यही संविधान र संवैधानिक व्यवस्थाबाट देशलाई दुर्घटनाबाट जोगाउन सकिन्छरु”
अध्यक्ष लिङदेनले भने, “देश बचाउने र बनाउने हो भने चुनावअघि नै सबै सरोकारवालासँग नयाँ समझदारी कायम गर्नुपर्छ, जसमा कुनै पार्टी वा शक्ति हार्ने वा जित्ने नभइ देश नै जित्ने समझदारी हुनेछ।”
उनले भदौ २३ र २४ गतेका घटनालाई उदाहरण दिँदै वर्तमान राजनीतिक दलहरूको असंगत व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले नेपाली मन र नेपाली पन जीवित छ भने अहिलेकै प्रणालीबाट देश अघि बढ्न नसक्ने दाबी गरे।