काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ।
मंगलबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन्।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको छ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ।
यस्तै दिनको २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने ९इएलए०को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।