काठमाडौँ । पछिल्ला केही दिनदेखि स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा लगातार उतारचढाव देखिएको छ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु २,६०,४०० पुगेको थियो भने आज सोही परिमाणको सुन रु २,५८,३०० कायम भएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव देखिएको छ। चाँदी प्रतितोला रु ३,८८५ बाट बढ्दै बिहीबार रु ४,०८० पुगेको थियो। आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला चाँदीको मूल्य रु ४,१०५ कायम भएको छ।