बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने अध्यक्ष ओलीको प्रतिवद्धता

शुक्रबार, पुष ४ २०८२

काठमाडौं । नवनिर्वाचित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनिर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता समेत व्यक्त गरे ।

उनले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनैपनि कमजोरी हुन नदिने दाबी समेत गरे । उनले नवनिर्वाचित केन्द्रिय समितिमा नेताहरुलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराए । आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरुले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।