बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुई हजारले घट्यो सुनकाे मूल्य

शुक्रबार, पुष ४ २०८२

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो अघिल्लो दिनको मूल्यभन्दा प्रतितोला दुई हजार रूपैयाँले कम हो। बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ। यस अनुसार चाँदीको मूल्य प्रतितोला ७५ रूपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।