काठमाडौँ । स्थानीय बजारमा बिहीबार फेरि सुनचाँदीको मूल्य बढेको छ।
यसअघि सुनको मूल्य तोलाको २ लाख ६० हजार ७०० रुपैयाँसम्म पुगेर ओरालो लागेको भए पनि आज फेरि ७०० रुपैयाँले वृद्धि हुँदै तोलाको २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि निरन्तर कीर्तिमानी उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढ्दै ४ हजार ८० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।