काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनीहरुले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थलमा पुगेर अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
एमालेको आगामी नेतृत्वका लागि निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदै छ । ओली र पोखरेल दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।