काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला २ लाख ६ हजार ७ सय रुपैयाँ मूल्य तोकेको छ, जुन हालसम्मकै उच्च स्तर हो। यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो र आइतबार मात्र २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको थियो। चाँदीले यसअघि गत शुक्रबार ३ हजार ९०५ रुपैयाँमा पुगेर उच्चतम मूल्यको रेकर्ड बनाएको थियो।