बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल सदस्यबाट निलम्बित

आइतबार, मंसिर २८ २०८२

काठमाडौं । महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल सदस्यबाट निलम्बित भएकी छिन्। भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।

उनी विवादमा मुछिएपछि राजीनामा गर्न दवाव दिइएको थियो । तर, उनले राजीनामा नदिएपपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

ट्रान्सपरेन्सीका एक सदस्यका अनुसार सार्वजनिक पदमा बसेको र उनीमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उनको पदलाई तत्काल स्थगनमा राखिएको ती सदस्यले बताए । महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन् ।