शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनको भाउ नयाँ रेकर्डमा, चाँदीको भाउ घट्यो

आइतबार, मंसिर २८ २०८२

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ, जसले करिब दुई महिनाअघिको रेकर्ड २ लाख ५८ हजार रुपैयाँ भन्दा माथि पुगेको हो।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार आजको मूल्यमा २ हजार २ सय रुपैयाँको वृद्धि भएको देखिएको छ।

त्यसैगरी, चाँदीको भाउ भने केही घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँमा चाँदीको उच्चतम मूल्य कायम भएको थियो भने आज ८० रुपैयाँ घटेर ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ।