शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनको मूल्य उल्लेख्य वृद्धि, कति पुग्याे आज ?

शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । शुक्रवार एकै दिन सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३५ सय रुपैयाँले बढ्दै २ लाख ५६ हजार ६०० रुपैयाँमा पुगेको छ। बिहीवार सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १०० रुपैयाँले वृद्धि भई शुक्रवार ३ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जानकारी गराएको छ। बिहीवार चाँदीको दर ३ हजार ८०५ रुपैयाँ थियो।

एकै दिन दोहोरो बढोत्तरी हुनुमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव र स्थानीय माग बढ्नु प्रमुख कारण मानिएको छ।