काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले आज ऊर्जामन्त्री कुलमान घिसिङसँग भेट गरेका छन्। भेटमा मन्त्री घिसिङले “नतिजा देखिने खालको काम” गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।
शाक्यलाई यसअघि जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो। सर्वोच्च अदालतले उक्त सरुवा बदर गर्दै उनलाई पुनः प्राधिकरणमै फर्कन आदेश दिएको हो। हिजो पदभार ग्रहण गरेका शाक्य आज मन्त्रीसँग भेटघाटका लागि गएका थिए ।
यसैबीच, मन्त्री घिसिङले शाक्यसँग सल्लाहमै सरुवा गरेको दाबी गर्दै भने “अदालतले फर्काएकोमा मेरो केही छैन। तर अदालतले फर्काएको दम्भ बोकेर आफूखुसी नचल्नुहोला।”