बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिनिधि सभा निर्वाचनको लागि गगन थापा ४ क्षेत्रबाट उम्मेदवार सिफारिस

बुधबार, मंसिर २४ २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली काँग्रेसका नेता गगन थापा ४ क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। आगामी २१ फागुनमा हुने निर्वाचनका लागि थापा काठमाडौँ–०४, धनकुटा, रोल्पासँगै सर्लाही–०४ बाट उम्मेदवार सिफारिस भएका हुन् ।

०७९ मा भएको निर्वाचनमा सर्लाहीको–४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए । थापाले काठमाडौँ ४ बाट लगातार निर्वाचन जित्दै आएका छन्।