शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिटिजन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पुन: पौडेल

सोमबार, मंसिर २२ २०८२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन पोषक राज पौडेल नियुक्त भएका छन् । सीईओ पौडेललाई सञ्चालक समितिको बैठकले पुन प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो।

पौडेल नेपाली बीमा क्षेत्रका कुशल बीमा प्रशासक हुन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रतिस्पर्धी बनाउँदै व्यापार व्यवसायमा समेत कम्पनीलाई अब्बल बनाएका छन्।