एजेन्सी । अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शनिबार राति शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको तीव्रता ७.० म्याग्निच्युड मापन गरिएको हो।
भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट करिब ३७० किलोमिटर उत्तरपश्चिमतर्फ र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिमतर्फ रहेको जनाइएको छ।
अधिकारिहरूका अनुसार मुख्य भूकम्पपछि दुईवटा परकम्प अनुभव गरिएको छ। तर हालसम्म कुनै मानविय क्षति वा संरचनागत क्षतिको रिपोर्ट प्राप्त भएको छैन।