काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याललाई तोकेको छ । बैंक सञ्चाक समितीको मंगलबार साँझ बसेको बैठकले हाल डेपुटी सिईओकोरुपमा रहेका बस्याललाई कामु प्रमुख कार्यकारीको जिम्वेवारी दिने निर्णय गरेको हो।
बैंकका अनुसार हालका प्रमुख कार्र्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल यही ंसिर २६ गते देखि सकिँदैछ । उनी २०७८ मंसिरमा सीईओ नियुक्त भएका थिए।