देश विकासका लागि श्रमदान अपरिहार्यः अध्यक्ष साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीको घोषणा पत्र सार्वजनिक भएको छ । धरान उपमहानगरका प्रमुख समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले घोषणपत्र सार्वजनिक गरेका हुन् ।
धरानमा घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको बताए । उनले भने “जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।”
श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ ।