शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

बुधबार, मंसिर १० २०८२

काठमाडौं । बुधबार सुनको मूल्य मंगलवारको तुलनामा ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। मंगलवार २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।