शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पारिवारिक सदस्य र नातेदार नियुक्त विवाद : प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै जेनजी गुरुङ्ग समूह

सोमबार, मंसिर ८ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले ध्यानाकर्षण गराउने भएको छ । प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारलाई नियुक्ति दिलाएको विषयमा ध्यानाकर्षण गराउने भएको हो ।

परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार विभिन्न मिडियामा आइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् भने नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् । सोहि बिषयलाई लिएर जेनजी समुहले ध्यानाकर्षण गराउन लागेका हुन् ।

पछिल्लो समय  प्रधानमन्त्री शुशिला कार्कीको कार्यशैलीप्रति सुदन गुरुङ्ग असन्तुष्ट छन्।