काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको ‘युथ भोलेन्टियर फोर्स’ ९एनभीएफ० देशमा शान्ति र सुव्यवस्था कायम गर्न गठन गरिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा फोर्सको कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युथ भोलेन्टियर फोर्स कसैको विरोध वा प्रतिशोधका लागि बनाइएको संस्था नभएको स्पष्ट पारे ।
“यो कसैको विरुद्धमा बनेको होइन। हिंसा र आतंकका विरुद्धमा बनेको हो,” उनले भने ।
अध्यक्ष ओलीले सरकारले चुनाव नजिकिँदै गर्दा दलका नेताहरूलाई सार्वजनिक कार्यक्रम सञ्चालन गर्न नदिएको आरोप पनि लगाए ।
“नेतालाई कार्यक्रम सम्बोधन गर्न नदिने, गतिविधि रोक्ने, सरकार देखिँदैन तर पृष्ठभागमा विभिन्न शक्ति सक्रिय छन्,” ओलीले भने ।
उनले जेनजी आन्दोलनलाई मोडेर नक्कली समूहले उपद्रव मच्चाउन खोजेको आरोप लगाउँदै, जेनजीका नाममा अस्थिरता सिर्जना गर्न नदिइने उल्लेख गर्नुभयो ।
“जेनजीका नाममा उपद्रव मच्चाउन पाइँदैन,” अध्यक्षा ओलीले चेतावनी दिए । उनका अनुसार युथ भोलेन्टियर फोर्सले समाजमा सुरक्षाबोध बढाउने र अस्थिरता रोक्न सहयोग गर्ने लक्ष्य राखेको छ।