काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गर्नुभएको सन्देशमा स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गरेका छन्।
अध्यक्ष प्रचण्डले भने, “लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन।”
उनले राजनीतिक तथा वाक्(स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाध रूपमा हिँडडुल गर्ने, सभा(सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
आगामी मंसिर ४ गते हुने उपनिर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सबै पक्ष सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।
साथै, अध्यक्ष प्रचण्डले स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन्।