काठमाडौं । स्थानीय बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ३९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ।