बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाली कम्युनिस्ट पार्टीले पायो निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। शुक्रबार दलका नेताहरू आयोग पुगेर प्रमाणपत्र लिएका हुन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समय सीमा कात्तिक ३० गतेभित्र रहेको छ। गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो।