बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनाउन उच्च व्यक्तित्वको अबैध चलखेल

गैर सरकारी संस्थाकी अध्यक्ष डा. कल्पना श्रेष्ठलाई अगाडि बढाउने खेल

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनाउन उच्च तहको व्यक्तित्व अबैध रुपमा सक्रिय भएका छन् । राज्यको उच्च तहमा काम गरिसकेका व्यक्तित्व सक्रिय भएका हुन्।

पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ यसमा सक्रिय रहेको श्रोत बताउँछ। स्रोतका अनुसार, पूर्व प्रधान न्यायाधीश श्रेष्ठमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिई कार्यकारी निर्देशक नियुक्त गर्न लागिएको हो।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तीन कार्यकाल (१२ वर्ष)सम्म कार्यकारी निर्देशकमा कार्यरत डा. पुकार चन्द्र श्रेष्ठको योजनाअनुसार पूर्व न्यायाधीश श्रेष्ठ सक्रिय रहेको बताइन्छ । डा. पुकार चन्द्र श्रेष्ठ पूर्व प्रधान न्यायाधिस श्रेष्ठका नाताले भाइ हुन् ।

उनीहरुको योजना अनुरुप एक गैरसरकारी संस्थाकी अध्यक्ष डा. कल्पना श्रेष्ठलाई कार्यकारी निर्देशक बनाउन अगाडि बढाएको हो। डा. कल्पना श्रेष्ठ ‘स्वास्थ्य अभियान नेपाल’ नामक गैरसरकारी संस्थाकी अध्यक्ष हुन् । उक्त संस्थाको सल्लाहकार डा. पुकार चन्द्र श्रेष्ठ र कोषाध्यक्ष नबिना श्रेष्ठ (डा. पुकारकी श्रीमती) रहेका छन्।

सोही संस्थाले भक्तपुरमा SAN अस्पताल पनि सञ्चालन गरेको छ। प्रत्यारोपण केन्द्रमा आउने बिरामीलाई सो अस्पतालमा प्रत्यारोपण गराउने उद्देश्यअनुसार डा. कल्पना श्रेष्ठलाई कार्यकारी निर्देशक बनाउने योजना अघि बढाइएको बताइन्छ।

उक्त योजनाको व्यापक विरोध भइरहेको छ। निजि अस्पताल सन्चालकलाई कार्यकारी निर्देशक बनाउने योजना विफल हुने आम मानिसको विश्वास छ। शुशासन, भ्रष्टचारविरुद्धको अभियान बोकेर अगाडि बढेको प्रधानमन्त्री सुशीला कार्कि सरकारलाई उक्त योजना विफल बनाउन आम मानिसको आग्रह छ।