बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेनजी आन्दोलनमा लुटपाट, तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

बुधबार, कार्तिक २६ २०८२

गण्डकी । कास्की प्रहरीले जेनजी आन्दोलनको क्रममा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतका अनुसार, गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर र पसलमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरूको पहिचान र अनुसन्धान गर्ने क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा, ४८ वर्षीय हरिबहादुर थापा (खलि भनेर चिनिने), पोखरा–२ बूढीबजार बस्ने ४० वर्षीय रमेश थापा, पोखरा–९ बस्ने ३५ वर्षीय अभिमन्यु पाण्डे र माछापुच्छ्रे गाउँपालिका–३ बस्ने २५ वर्षीय सन्तोष परियार रहेका छन्।

प्रवक्ता बस्नेतका अनुसार, पक्राउ परेका व्यक्तिहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।