बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अभिनेता धर्मेन्द्रको मृत्युको खबर परिवारले गर्‍याे खण्डन

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौँ। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको खबरलाई उनका परिवारले खण्डन गरेका छन्।

धर्मेन्द्रकी पत्नी हेमामालिनीले आफ्नो श्रीमानको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाबी गरेकी छन्।

आज बिहानैदेखि भारतीय सञ्चारमाध्यमहरूले धर्मेन्द्रको निधन भएको समाचार प्रसारण गरेका थिए। भारतीय रक्षामन्त्री राजनाथ सिंहलगायत थुप्रै हस्तिहरूले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिएका थिए।

तर, परिवारका सदस्यहरूले ठाडै अस्वीकार गर्दै निधनको समाचार गलत भएको बताएका छन्।