बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रभु बैंकको पहिलो त्रैमासिक नाफा ५५ करोड ८४ लाख

शुक्रबार, कार्तिक २१ २०८२

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ५५ करोड ८४ लाख ८३ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अब चार करोड छ लाख ५७ हजार रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा तीन खर्ब ४५ अर्ब १७ करोड ६८ लाख ६० हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ३० अर्ब ८५ करोड ६० लाख ४२ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा पाँच दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले तीन खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ३० अर्ब ३७ करोड दुई लाख ९५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ६२ करोड ८६ लाख १५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।