बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डिजेल र मट्टितेलकाे मूल्य घट्यो, हवाई इन्धन बढ्यो

शनिबार, कार्तिक १५ २०८२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक रेको छ ।  निगम सञ्चालक समितिको बैठकको हिजाेको निर्णयअनुसार डिजेल र मट्टितेलमा रु एक घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।

गत राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ ।

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।