काठमाडौं । पछिल्ला केही दिन घटेको सुनको मूल्य आज फेरि बढेको छ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको हाे । अघिल्लो दिनको तुलनामा शुक्रबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन सुनचाँदीको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।