शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज पनि घट्यो सुनको मूल्य

सोमबार, कार्तिक १० २०८२

काठमाडौँ । स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रू दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।