काठमाडौं । भन्सार प्रयोजनको लागि भाईटिका बाहेक सबै दिन बैकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा सुचना जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सुचना मार्फत भनेको छ, नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागको मिति २०८२/०६/३० को पत्रबाट व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ्ग सेवा सुचारु गर्न अनुरोध भएबमोजिम तिहारको भाइटीकाको दिन बाहेक तिहार विदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था गर्नु/गराउनु हुन यो सूचना जारी गरिएको छ ।