बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैकिङ क्षेत्रको कुल निक्षेप ७३ खर्ब

कुल निक्षेपमा मुद्धती निक्षेपको अशं निरन्तर घट्दै

सोमबार, असोज २७ २०८२

काठमाडौं । बैंकिङ क्षेत्रमा मुद्धती निक्षेपको अंश घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले ७३ खर्ब तीन अर्ब ५३ करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गर्दा कुल मुद्धती निक्षेपको अश ४८ दशमलव शुन्य दुई प्रतिशत मात्र रहेको छ । यो निक्षेप अघिल्लो आवको तुलनामा आठ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रुपैैंयाँ निक्षेप संकलन गर्दा मुद्धती निक्षेपको अशं ५६ दशमलव शुन्य आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आव २०८१/०८२ मा बैंकिङ क्षेत्रको कुल निक्षेपमा मुद्धती, बचत, चल्ती र कल डिपोजिटको अंश क्रमशः ४८ दशमलव शुन्य दुई, ३६ दशमलव ६०, सात दशमलव २३ र सात दशमलव ४९ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने यस्तो निक्षेपको अशं क्रमशः ५६ दशमलव शुन्य आठ, ३० दशमलव शुन्य नौं, पाँच दशमलव ८८ र सात दशमलव २७ प्रतिशत रहेको थियो । आव २०८१÷०८२ मा बाँणिज्य बैंकहरुले मात्र कुल ६५ खर्ब ४१ अर्ब ६५ करोड रुपैंयाँ निक्षेप संकलन गरेकोमा मुद्धती, बचत, चल्ती र कल निक्षेपको अनुपात क्रमशः ४७ दशमलव ५९, ३६ दशमलव ५६, सात दशमलव ७८ र सात दशमलव ३६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले कुल ५७ खर्ब ५६ अर्ब ८० करोड रुपैंयाँ निक्षेप संकलन गर्दा मुद्धती, बचत, चल्ती र कल निक्षेपको अशं क्रमशः ५५ दशमलव २०, ३० दशमलव ४४, छ दशमलव ४० र सात दशमलव २२ प्रतिशत रहेको थियो ।

आव २०८१÷०८२ मा बिकास बैंकहरुले कुल छ खर्ब ३० अर्ब ४३ करोड ७० लाख रुपैंयाँ निक्षेप संकलन गर्दा मुद्धती, बचत, चल्ती र कल निक्षेपको अशं क्रमशः ४८ दशमलव ८९, ३९ दशमलव ७४, दुई दशमलव ६९ र आठ दशमलव ५५ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने बिकास बैंकहरुले कुल छ खर्ब १० अर्ब १७ करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गर्दा मुद्धती, बचत, चल्ती र कल निक्षेपको अशं क्रमशः ६१ दशमलव ४२, २८ दशमलव ९७, एक दशमलव ८९ र सात दशमलव ६८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवमा फाईनान्स कम्पनीहरुले भने कुल एक खर्ब चार अर्ब १८ करोड २० लाख रुपैंयाँ निक्षेप संकलन गर्दा मुद्धती, बचत, चल्ती र कल निक्षेपको अशं क्रमशः ६५, २३ दशमलव ९२, एक दशमलव ५० र नौं दशमलव २३ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने फाईनान्स कम्पनीहरुले कुल एक खर्ब २८ अर्ब ६० करोड ३० लाख रुपैंयाँ निक्षेप संकलन गर्दा मुद्धती, बचत, चल्ती र कल निक्षेपको अशं क्रमशः ७० दशमलव २१, १९ दशमलव ८१, एक दशमलव २५ र सात दशमलव ८१ प्रतिशत रहेको थियो ।