बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अविरल वर्षाले कोलकातामा जनजीवन अस्तव्यस्त, १० जनाको मृत्यु

बिहिबार, असोज ९ २०८२

कोलकाता । मंगलवार राति आएको अविरल वर्षाले पश्चिम बंगालको राजधानी कोलकातामा ठूलो क्षति पुर्‍याएको छ। पानीमा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सोमवार रातिदेखि लगातार वर्षा हुँदा शहरका धेरै भाग डुबानमा परेपछि जनजीवन लगभग ठप्प भएको छ। सवारी–साधन सञ्चालनमा अवरोध हुनुका साथै दैनिक गतिविधिहरू ठप्प बनेका छन्। मृत्यु बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रमा छुट्टाछुट्टै घटनामा भएको हो।

भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० का अनुसार २४ घण्टाभित्र २५१.४ मिमी वर्षा रेकर्ड भएको छ, जुन १९८६ पछिको सबैभन्दा बढी र पछिल्ला १३७ वर्षको छैटौं उच्चतम एकै दिनको वर्षा हो। आईएमडीले बंगालको खाडीमाथि बनेको न्यून चापीय प्रणालीकै कारण मुसलधारे वर्षा भएको जनाएको छ।

वर्षाले कोलकाता विमानस्थलको उडान तालिकामा समेत ठूलो असर पारेको छ। अहिलेसम्म १०० भन्दा बढी उडान प्रभावित भएको, जसमा ६२ रद्द र ४२ ढिलाइ भएको रिपोर्टमा उल्लेख छ।

स्थानीय प्रशासनले राहत तथा उद्धार कार्यलाई तीव्र पारेको बताइएको छ।