सङ्खुवासभा । जेनजी आन्दोलनको क्रममा नख्खु र झुम्का कारागारबाट फरार भएका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन्।
चोरी मुद्दामा कारागारमा रहेका ४१ वर्षीय नारायण राई चैनपुर–१० स्थित घरबाट पक्राउ भए। त्यस्तै, जबर्जस्ती करणी मुद्दामा कारागारबाट फरार भएका ३१ वर्षीय सुभाष तामाङ र ५७ वर्षीय गोम्बु शेर्पा पनि पक्राउ परेका छन्।
तीनै कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको छ। हाल जिल्ला कारागार खाँदबारीमा १३१ पुरुष, ८ महिला कैदी र २ आश्रित बालबालिका छन्।