शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

मंगलबार, असोज ७ २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार साँझ नयाँ टी–२० जर्सी सार्वजनिक गरेको छ।

नयाँ जर्सीमा गाढा निलो र रातो रङ प्रयोग गरिएको छ। “Nepal” भन्ने अक्षर सेतो रङमा राखिएको छ भने काँधमा चन्द्र र सूर्य अंकित छन्। बीचमा स्पोन्सर नासा सेक्युरिटीजको लोगो छ, तल सगरमाथाको संकेत दिइएको छ।

क्यानले जर्सीलाई एकता, शक्ति र सपनाको प्रतीक भन्दै वेस्ट इन्डिजविरुद्धको टी–२० आई शृङ्खलाबाट प्रयोगमा ल्याइने जनाएको छ।