काठमाडौँ । प्रहरीले काठमाडौँ–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङबाट सात थान पेस्तोल, छ म्याग्जिन र ३३ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरका ३० वर्षीय हिराबहादुर मगर र रामेछापका २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन्। हिराबहादुरको ट्याक्सी (बा प्र ०१–००२ प ६४४९) को डिक्कीमा लुकाइएका हतियार प्रहरीले बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानमा पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआर गोली ३३ राउण्ड र वाकीटकी ब्याट्रीसहितका सामग्री छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।