काठमाडौं । भदौ २४ गतेको आन्दोलनका क्रममा कालिमाटी प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा सचिन खड्का पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दका अनुसार खड्कालाई आगजनी तथा तोडफोडको आरोपमा पक्राउ गरिएको हो। भदौ २४ गतेको प्रदर्शनमा काठमाडौंका अधिकांश प्रहरी वृत्तमा आगजनी र तोडफोड भएका थिए।
हालैका लागि ती प्रहरी वृत्तमा मुद्दाको कारबाही अघि बढेको छैन, यद्यपि प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको छ।