काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीको नेतृत्व दिने निर्णय गरेको हो ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रहँदा उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको रूपमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरी त्यसलाई सार्वजनिक गरेका थिए ।