शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार, असोज ३ २०८२

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।