बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ध्वनि प्रदूषण नियन्त्रणका लागि उपत्यकामा प्रहरीको नयाँ अभियान : अबेरसम्म ठूलो आवाजले कुराकानी नगरौं

बिहिबार, भाद्र १९ २०८२

काठमाडौँ । उपत्यकामा बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले नयाँ अभियान सुरु गरेको छ।

प्रहरीले बिहीबार सूचना जारी गर्दै बिहान ५ देखि ७ बजेसम्म अनावश्यक रूपमा ठूलो आवाजमा कुरा नगर्न, मोटरसाइकल वा अन्य सवारीसाधनको हर्न प्रयोग नियन्त्रण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीका अनुसार मानवीय क्रियाकलापबाट उत्पन्न हुने ध्वनि प्रदूषण स्वास्थ्यका लागि हानिकारक हुँदै आएको छ। यसले विशेष गरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक, शैक्षिक तथा शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको छ।

ध्वनि प्रदूषणका कारण सामाजिक सम्बन्ध, आर्थिक गतिविधि र नैतिक मूल्य मान्यतासमेत प्रभावित भएको भन्दै प्रहरीले सचेतना अभियानमार्फत यसको नियन्त्रणमा सहयोग पुर्‍याउन नागरिकलाई आग्रह गरेको छ।