शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सामाजिक सञ्जाल दुरुपयोग गर्ने व्यक्ति पक्राउ

बुधबार, भाद्र ४ २०८२

काठमाडौँ । सामाजिक सञ्जालमा व्यक्ति र संस्थामाथि लक्षित गर्दै अमर्यादित अभिव्यक्ति प्रकाशित गरेको आरोपमा मकवानपुर, मनहरी–३ का मंगलसिंह प्रजा पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार प्रजाले सामाजिक सञ्जालमार्फत घृणा, द्वेष फैलाउने र चरित्र हत्या गर्ने खालका पोष्ट गरेको प्रारम्भिक प्राविधिक अनुसन्धानपछि पक्राउ गरिएको हो।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रजालाई मंगलबार काठमाडौँ महानगरपालिका–१० शङ्खमुलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार दुई दिन थुनामा राखी थप अनुसन्धान भइरहेको ब्यूरोका उपनिर्देशक दीपकराज अवस्थीले जानकारी दिए ।